काठमाडौं : राजधानीमा तीन जनाको ज्यान जाने गरी दुई ठाउँमा भएको विष्फोटपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आकस्मिक केन्द्रीय सुरक्षा समिति बैठक बोलाएका छन् ।
सिंहदरबारमा केहीबेर अघि सुरु भएको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको उपस्थिति रहेको जनाइएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमबारका लागि घोषणा गरेको नेपाल बन्दको अघिल्लो दिन राजधानीका सुकेधारा र अनामनगरमा बम विष्फोट गराएको थियो ।
विष्फोटपछिको परिस्थितिको समीक्षा गर्दै आगामी रणनीतिबारे निर्णय गर्न बैठक बोलाइएको हुन सक्ने स्रोतको भनाइ छ ।
दुईवटै विष्फोटमा विप्लव समूहको संलग्नता रहेको हुन सक्ने र अनामनगर घटना बम तयार गर्दागर्दै भएको हुनसक्ने आशंका प्रहरीको छ।
यो पनि पढ्नुहोस् :
काठमाडौंमा ग्यास सिलिण्डर विष्फोटमा परी ३ जनाको मृत्यु
घट्टेकुलो र सुकेधारा विष्फोट : विप्लव माओवादीमाथी आशंका
प्रहरी र स्थानीय भन्छन् : बम नै पड्किएको हुनसक्छ
अनामनगरमा विप्लवको पर्चा भेटियो, घाइते हुने विप्लवका विद्यार्थी नेता
बन्द सफल पार्न विप्लव समूहले योजना बनाएको हुनसक्छ : प्रहरी प्रवक्ता
टाइम बम बनाउने क्रममा विस्फाेट, नक्खु विस्फाेटमा संलग्न महर्जनसहित तीनकाे मृत्यु