काठमाडौं : आइतबार राजधानीको घट्टेकुलो र सुकेधारामा विष्फोट भएपछि काठमाडौंमा त्रास फैलिएको छ । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा विष्फोट हुनुमा विप्लव नेकपाकै हात भएको प्रहरी उच्च स्रोतले दाबी गरेको छ ।
भोजपुरमा नेकपाका कार्यकर्ता तीर्थराज घिमिरेको प्रहरीको गोली लागि निधन भएपछि त्यसको विरोधमा सोमबार नेकपाले बन्द आव्हान गरेको छ । विप्लव नेकपाले यसअघि पनि एनसेल कार्यालय भैंसेपाटी र वैदेशिक रोजगारु व्यवसायी संघका अध्यक्ष रोहनज गुरुङको घरमा बम विष्फोट गराएको थियो । भैंसेपाटीश्र्रमा उकजनाको निधन भएको थियो । आज भएको विष्फोटमा पनि विप्लव नेकपाको संलग्नता रहेको हताहती हुनेमा सोही पार्टीका कार्यकर्ता रहेको प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
काठमाडौंमा ग्यास सिलिण्डर विष्फोटमा परी ३ जनाको मृत्यु
प्रहरी र स्थानीय भन्छन् : बम नै पड्किएको हुनसक्छ
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६