काठमाडाैं : काठमाडौंका दुई स्थानमा विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । अनामनगर र सुकेधारामा विस्फोट भएको प्रहरीले जनाएको छ ।
सुकेधारामा दुई जनाको र अनामनगरको घट्टेकुलोस्थित एक घरमा भएको सिलिन्डर ग्यास विस्फोटमा एकजनाको मृत्यु भएको छ। विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा भेटिएको छ।
काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार अनामनगरमा विस्फोटक पदार्थ नै बिस्फाेट भएको पुष्टि गरे । उनले विस्फोटमा परी घाइते भएका रविन केसी विप्लव समूहका विद्यार्थी नेता भएको बताए ।
केसी विप्लव निकट अखिल क्रान्तिकारीका त्रिचन्द्र क्याम्पसका इकाइ अध्यक्ष पनि हुन् । एसपी सिंहले भोलि विप्लव समूहले गरेको नेपाल बन्दलाई लक्षित गरेर बम बनाउँदा बनाउँदै विस्फोट भएको हुन सक्ने आशंका व्यक्त गरे ।
घटनास्थलबाट विप्लव समूहका विभिन्न पर्चा पनि भेटिएको छ । महानगरीय प्रहरी परिसर टेकुकाे टाेलीले घटनास्थलबाट दिएको जानकारी अनुसार विस्फोट भएका स्थानमा विप्लवको पार्टीका पर्चा, पम्पलेट फेला परेका छन्। पर्चामा ‘नेपाल बन्द सफल पारौँ’लगायतका नारा लेखिएका छन्।
विप्लव माओवादीले जेठ १३ गते नेपाल बन्द आह्वान छ। त्यसैको पूर्वसन्ध्यामा बम बनाउने तयारी गरिरहेका बेला बिस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
यो पनि पढ्नुहोस् :
काठमाडौंमा ग्यास सिलिण्डर विष्फोटमा परी ३ जनाको मृत्यु
घट्टेकुलो र सुकेधारा विष्फोट : विप्लव माओवादीमाथी आशंका
प्रहरी र स्थानीय भन्छन् : बम नै पड्किएको हुनसक्छ
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६