काठमाडौं : काठमाडौंको सुकेधारामा विष्फोट भएको बम नै हुनसक्ने प्रहरी र स्थानीयले आशंका गरेका छन् । स्थानीय सन्तोष चौलागाईंले घटनास्थलको प्रकृति हेर्दा ग्यास सिलिण्डर नभई बम नै हुनसक्ने बताए ।
आज अपराह्न सुकेधारामा रहेको एक सैलुनमा विष्फोट भएको थियो । उक्त विष्फोटमा परी २ जनाको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । तर प्रत्यक्षदर्शी स्थानीय चौलागाईंले भने करिव एक दर्जनको हाराहारीमा सैलुनभित्र मानिसहरू रहेका र हताहतको संख्या बढ्नसक्ने बताए ।
विष्फोटमा घाइते छ जनामध्ये पाँचको ओम अस्पत्ताल चाबहिल र एक जनाको त्रिवि शिक्षण अस्पत्तालमा उपचार भइरहेको जनाइएको छ ।
आजै अनामनगरमा पनि विष्फोट भएको प्रहरीले जनाएको छ ।
अहिलेसम्म अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको बताइएको छ भने सुकेधारामा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीले पनि दुवै स्थानमा बम विष्फोट भएको शंका गरेको छ । अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
यो पनि पढ्नुहोस् :
काठमाडौंमा ग्यास सिलिण्डर विष्फोटमा परी ३ जनाको मृत्यु
घट्टेकुलो र सुकेधारा विष्फोट : विप्लव माओवादीमाथी आशंका
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६