काठमाडौं । समाजवादी पार्टीका तर्फबाट सहरी विकासमन्त्री भएका मोहम्मद इश्तियाक राईले पनि पदबाट राजीनामा दिएका छन् । मन्त्री राईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।
मलाई नेपाल सरकार सहरी विकास मन्त्रालयको मन्त्री पदमा नियुक्त गर्नुभई कामकाजको जिम्मेबारी दिनुभएकोमा नेपालको संविधान धारा ७७ को उपधारा २ (क) बमोजिम मैले उक्त मन्त्री पदबाट राजीनामा दिएको छु, राजीनामा पत्रमा भनिएको छ, सहकार्य गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद व्यक्त गर्दछु ।
यसअघि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा कानुनमन्त्रीबाट राजीनामा दिएका थिए । मंगलबार बसेकाे समाजवादी पार्टीकाे पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको थियाे ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६