काठमाडाैं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उपप्रधान तथा कानुनमन्त्री रहेका यादवले राजीनामा दिएका हुन् ।
यादवले मंगलबार दिउँसो प्रधानमन्त्रीलाई सम्बाेधन गर्दै विज्ञप्ति निकालेर राजीनामा दिएकाे घाेषणा गरेका हुन् ।
गत मंसिर ४ मा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा समाजवादी पार्टीलाई कुनै परामर्श नगरी जिम्मेवारी हेरफेर गरेको भन्दै उक्त पार्टीका नेताहरु साथै स्वयं उपेन्द्र यादव पनि असन्तुष्ट थिए । त्यतिबेलै समाजवादीले सरकार छाेड्ने आँकलन गरिए पनि असन्तुष्ट बनेका यादवले कानुन मन्त्रीको जिम्मेवारी भने स्वीकार गरेका थिए ।
तर साेमबार साँझ बसेकाे मन्त्रिपरिषदमा संविधान संशोधनसम्बन्धी अध्ययन समिति प्रस्ताव लैजाँदा प्रधानमन्त्री केपी ओलीले रोकेपछि भने पार्टीले सरकार छाड्ने नै निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले संविधान संशोधन अध्ययन समिति बनाउने प्रस्ताव लगेका थिए ।
प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६