काठमाडौँ : बुधबार बिहान धादिङ केन्द्रबिन्दू बनाइ ५.२ रेक्टर स्केलको भूकम्प गएको छ भूकम्प मापन केन्द्रले जनाएकाे छ । केन्द्रका अनुसार बिहान ६ बजेर २९ मिनेटमा भूकम्पको धक्का गएकाे हाे । भूकम्पको धक्कापछि सर्वसाधारण आत्तिँदै घर बाहिर निस्किएका थिए ।
भूकम्पको धक्का गोरखा, धादिङ, रसुवा, काठमाडौं उपत्यका, मकवानपुर लगायतका जिल्लामा महसुस गरिएको छ। पहिलाे धक्काकाे ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्काे धक्का गएको केन्द्रले जनाएको छ । भूकम्पबाट कुनै मानवीय क्षतिकाे खबर प्राप्त भएकाे छैन ।
केन्द्रले यो भूकम्पको धक्का २०७२ साल वैशाख १२ गते गोरखामा गएको भूकम्पकै परकम्प भएको जनाएको छ।
२०७२ साल वैशाख १२ गते भएकाे महाभूकम्पपछि लगातार कम्प भइरहेकै छन् । महाभूकम्पकाे चाैथाे वर्ष पूरा भएर पाँच वर्ष लाग्ने अघिल्लाे दिन आज ११ गते शक्तिशाली धक्का गएकाे हाे ।
२०७२ काे भूकम्प बिर्सिनसकेका उपत्यकाबासी भूकम्प दिवसकै पूर्वसन्ध्यामा गएकाे याे कम्पले झन् त्रसित बनेका छन् ।
याे पनि पढ्नुहाेस् :
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६