अहिले भर्खरै काठमाडाैंमा भूकम्पकाे धक्का महसुस भएकाे छ ।
बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का गएकाे हो । काठमाडाैंकाे कीर्तिपुर केन्द्र बनाएर ४.७ रेक्टरकाे भूकम्प गएकाे हाे ।
भूकम्पको धक्कापछि सर्वसाधारण घर बाहिर निस्किएका छन् ।
२०७२ साल वैशाख १२ गते भएकाे महाभूकम्पपछि लगातार कम्प भइरहेकै छन् । महाभूकम्पकाे चाैथाे वर्ष पूरा भएर पाँच वर्ष लाग्ने अघिल्लाे दिन आज ११ गते शक्तिशाली धक्का गएकाे हाे ।
२०७२ काे भूकम्प बिर्सिनसकेका उपत्यकाबासी भूकम्प दिवसकै पूर्वसन्ध्यामा गएकाे याे कम्पले झन् त्रसित बनेका छन् ।
याे पनि पढ्नुहाेस् :





प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६