काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको छ । पुरानै समस्या देखिएपछि उनलाई बुधबार बिहान काठमाण्डौकाे धापासीमा रहेको ग्राण्डी इन्टरनेश्नल अस्पताल पुर्याइएको अस्पताल स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीलाई अहिले इन्टेन्सिभ केयर युनिट (आइसीयू) राखेर उपचार सुरु गरिएको छ ।
तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल लगिएको दावी गरेका छन् । ओलीले सिंगापुरबाट फर्किएपछि त्रिवि शिक्षण अस्पतालमा दुई पटक स्वास्थ्य परीक्षण गराएका थिए। यसबीचमा छाउनीस्थित सैनिक अस्पतालमा उनको मिर्गौलाको बायोस्पी पनि गरिएको छ। मुटुको समेत नियमित चेकजाँचमा रहेका ओली पछिल्लो पटक आझ (बुधबार) अस्वस्थ भएपछि उपचारको लागि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेका छन्।
मिर्गौलाका बिरामी प्रधानम्त्री ओलीलाई ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि बुधबार बिहानै सरकारी निवास बालुवाटारबाट नियमित चेकजाँचका लागि ग्रान्डी लगिएको थियो। ओली यसअघि नियमित उपचारका लागि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए। तर पछिल्लो दुई पटक उनी ग्रान्डी अस्पतालमा फलोअप उपचारका लागि गएका छन्। गत भदौमा सिंगापुरमा प्रमले ६ पटकसम्म प्लाज्मा फेरोसिस गरेर फर्किएका थिए।
सिंगापुरमा प्लाज्मा फेरोसिस गरेर ओलीको शरीरमा जम्मा भएको एन्टी बडी नष्ट गरिएको थियो। ओली सिंगापुरमा दुई हप्ता लामो उपचारपछि गत भदौ २० गते नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि ओलीले सिंगापुरमा उपचारका क्रममा मुटुमा राखिएको पाइप मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा झिकेका थिए।त्यसपछि भने प्रम ओली उपचारको लागि ग्रान्डी अस्पताल पुग्ने गरेका छन्।
याे पनि
ग्रान्डी अस्पतालमा प्रधानमन्त्री ओलीको गुपचुप उपचार
प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६