काठमाण्डाै: हिमाल आराेहण कै क्रममा श्रीमान् बितेपछि आराेही बनेका दुई एकल महिलाले सगरमाथाकाे शिखर चुमेका छन् ।
सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले बिहीबार बिहान ५ बजेर २५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका सगरमाथा आधारशिविरबाट पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।
एकल महिलाले शोकलाई शक्तिमा बदलेमा अघि बढ्न सकिन्छ भन्ने सन्देश दिन हामी पनि गर्न सक्छौं भन्ने नाराका साथ उनीहरु सगरमाथा आरोहणमा गएका हुन् ।
फुरदिकीका पति मिङमार शेर्पाले ६ वर्षअघि सगरमाथा चढ्ने बाटो बनाउँदै गर्दा खर्पसमा भासिएर तथा निमा शेर्पाका पति छिरिङ वाङछु शेर्पाले ५ वर्षअघि सगरमाथामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका हुन् ।
श्रीमानले मृत्यु हुँदाकाे अन्तिम पाइला स्पर्श गर्न र एकल महिलाले पनि केहि गर्न सकिन्छ भन्ने सन्देश बाेकेर उनीहरु शिखर चुम्न गएका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६