संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका ११ ओढारेमा मीनबहादुर जिमीको घरमा आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार दिउसो साढे एक बजे घर नजिकै रहेको खरबारीमा लगाएको आगोबाट आचानक घरमा आगो सल्किएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
आगलागीबाट घरसिहत भित्र रहेको सम्पूर्ण सामान, अन्नपात लगायत जलेर नष्ट भएको छ । आगलागी अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरी र स्थानीयवासीको सहयोगमा चार बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा एककाे मृत्यु
यता पाँचखपन नगरपालिका–८ सुनखानीमा ट्याक्टर दुर्घटना हुदाँ भोजपुर नगरपालिकाका–२ का छिरीङ शेर्पाको घटनास्थलमै मृत्यु भएको छ । ना ५ त २३३० नम्बरको ट्याक्टर सडकबाट करिव डेढ सय मिटर तल खस्दा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
प्रहरीका अनुसार ट्याक्टर चैनपुर नगरपालिकाबाट पाँचखपनको वानातर्फ जाँदै गर्दा सडकबाट तल खसेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५ १२:४५