२३ असोज, काठमाडौँ । अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । नेपाल पत्रकार महासंघ र इन्टरनेशनल अलर्टको आयोजनामा सुरु दुई दिने सम्मेलनमा कठीन अवस्थामा रिपोर्टिङ, पत्रकारको सुरक्षा, सेल्फ सेन्सरसीप, अल्टरनेटिभ मिडियामा विभिन्न समुदायको आवाज, मिडियामा महिला, सम्पादकीय स्वतन्त्रता, समावेशी मिडिया, मिडिया र प्राकृतिक विपद् लगायतका विषयका विविध आयामबारे छलफल हुने नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आजकोन्युजलाई जानकारी दिए । सम्मेलनमा पत्रकार, नीति निर्माता, प्राज्ञिक क्षेत्र, सरकारी अधिकारी, विकास साझेदार, नागरिक समुदाय लगायत सहभागी हुरहेको छ । यस्तै, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशका पत्रकार तथा सञ्चार विज्ञ पनि सम्मेलनमा सहभागी भएका छन ।
प्रकाशित मिति: आइतबार, असोज २२, २०७४