दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बल लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिए।
घाइतेको दोलखाको सिङ्गटीस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।
बा४ख ४५७३ नंको बस दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका कामदार लिएर गुडेको थियो । आज बिहान छ्योत्छ्योतस्थित चिनियाँ क्याम्पबाट करीब ३० कामदार लिएर छुटेको बस माथिल्लो तामाकोशी आयोजनाको मुख्य टनेलतर्फ जाने नयाँ बाटो लुप सेभेन (सात घुम्ती) मा दुर्घटना भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५ १४:०९