काठमाडौं : संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस पाँच जनाकै नाम अनुमोदन गरेको छ ।
बिहीबारको सुनुवाइपछि समितिले सर्वसम्मत रुपमा पाँचै जनाकाे नाम अनुमोदन गरेको हो ।
न्यायपरिषदले केही दिनअघि सर्वोच्चको न्यायाधीशमा कुमार रेग्मी, हरि फुयाँल, मनोजराज शर्मा, प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिमा न्यायाधीश सिफारिसबारे पाँच उजुरी परेक थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६ २१:२७