गलकोट : विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न जैमिनी नगरपालिका–७ जैदीस्थित शारदा आधारभूत विद्यालयलाई ६ थान कम्प्युटर निःशुल्क प्रदान गरिएको छ ।
सदरमुकामस्थित सगरमाथा इङ्कहाउसले पाँच थान तथा जैमिनी नगरपालिका जैदी निवासी विद्यालयका पूर्वविद्यार्थी तीर्थराज वाग्लेले एक थान गरी एक लाख २५ हजार रूपैयाँ बराबरका कम्प्युटर विद्यालयलाई प्रदान गरिएको हो । उक्त विद्यालयमा अहिलेसम्म एक थान पनि कम्प्युटर नभएकाले यस्तो सहयोग गरिएको सहयोगी दाताले जानकारी दिए ।
कम्प्युटर किन्न सक्ने क्षमता थिएन । सहयोगी दाताले विद्यालयलाई निःशुल्क कम्प्युटर प्रदान गर्दा विद्यार्थीलाई समान्य कम्प्युटरसम्बन्धी ज्ञान दिन सक्ने भएका छौँ । विद्यालयका प्रधानाध्यापक अरुण पौडेलले भने ।
सगरमाथा इङ्कहाउसलका प्रोपाइटर नैवेद्य सिग्देलले आफूले प्रदान गरेका कम्प्युटरमा कुनै समस्या आए निःशुल्क मर्मतसम्भार समेत गरिदिने र आगामी दिनमा जिल्लाका अन्य विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न सक्दो सहयोग गर्ने बताए। कक्षा ५ सम्म अध्यापन हुने विद्यालयमा हाल ५२ विद्यार्थी छन् ।
-रासस
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५ १३:०३