दार्चुला । दार्चुलामा प्रदेश सभा (क) मा नेपाली काँग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
एक मात्रै निर्वाचत क्षेत्र रहेको दार्चुलामा प्रदेशसभा (क) मा कांग्रेसका बिक्रम सिंह धामी र (ख) मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित भएका हुन् ।
काँग्रेसका बिक्रम सिंह धामीले नेकपा एमालेका हरदेव जोशी र माओवादी केन्द्रका मानबहादुर धामीले एमालेकै रामदत्त जोशीलाई पराजित गरेका हुन् । काँग्रेसका बिक्रम सिंह धामीले १५ हजार १२७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका हरदेव जोशीले १३ हजार ४५१ मत पाए ।
यस्तै माओवादी केन्द्रका मानबहादुर धामीले १७१७१ मत ल्याउँदा उनका प्रतिस्पर्धी रामदत्त जोशीले ११८५६ मत ल्याए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९