सिन्धुली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा समयको माग भए आफु सभापतिको उमेदवार हुने घोषणा गरेका छन् । सिन्धुली सदरमुकाममा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै १३औं महाधिवेशनमा सभापतिमा पराजित पौडेलले यस्तो घोषणा गरेका हुन् । नेता पौडेलले कांग्रेसभित्र आन्तरिक मतभेद कायमै रहेको बताउँदै त्यसैका कारण पार्टी भित्र आन्तरिक संघर्ष चलिरहेकोबताए ।
त्यस्तै फरक सन्दर्भमा उनले प्रधानमन्त्री केपी ओलीका अभिब्यक्तिहरु अहंकार र उन्मादले ग्रस्त भएको बताएका छन् । प्रधानमन्त्रीको अंहकारले संसदको मर्यादामाथि पटक पटक प्रहार हुने गरेको उनको आरोप थियो । उनले प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक मानसिकताले आर्थिक र सामाजिक अराजकता बढेको बताए ।
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६