काठमाडौं ः आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश नं. १ बाट ८ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् ।
आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामका विवेक कोइराला, ७३ केजीमुनि इलामका पवन राई र रञ्जीतकुमार यादव, ९० केजीमुनि झापाका मङ्लु मेचे र १०० केजीमुनि सङ्खुवासभाका यमुनाप्रसाद काफ्ले छनोट भएका छन् ।
त्यसैगरी महिलातर्फ ४८ केजीमुनि झापाकी स्वस्तिका सुवेदी र मोरङकी सन्ध्या दाहाल, ५२ केजीमुनि झापाकी दिलमाया लिम्बू र सुनसरीकी सुस्मिता कार्की, ५७ केजीमुनि झापाकी श्रेया मगर र सुनसरीकी विद्यादेवी खड्का, ६३ केजीमुनि झापाकी आशा मेचे, ७० केजीमुनि इलामकी दुर्गा भट्टराई, ७८ केजीमुनि इलामकी सुस्मिता खवास र ७८ केजीमाथि मोरङकी गोमा राई छानिएका छन् ।
सचिवालयका अनुसार प्रदेश नं. ५ मा हुने आठौं राष्ट्रिय खेलकुदका लागि सबै प्रदेशमा खेलाडी छनोट अन्तिम चरणमा पुगेको छ । ‘सबै प्रदेशबाट तथ्यांक संकलन गरिरहेका छौं, एक साताभित्र सबै खेलमा सहभागी हुने खेलाडीको नामावली सार्वजनिक गर्नेछौं,’ सचिवालय संयोजक इन्द्र कार्कीले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५