कांग्रेस नेतालाई कार्यकर्ताले पाल्न सक्दैनन् । किनकी नेतालाई ब्ल्याक लेबल चाहिन्छ ,रेड लेबल चाहिन्छ । खशीको मासु चाहिन्छ । जनताको घरमा जाँदैनन् । त्यसकारण यस्तो सेतो हात्ती कांग्रेस कार्यकर्ताले पाल्न सक्दैन । वीपी कोइराला,महेन्द्रनारायण निधि, शेख इद्रिस, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई कार्यकर्ताको घरमा जानुहुन्थ्यो । तर, एउटा हिन्दी फिल्म सुल्तानको गाना छ, ‘बेबीको बेस पसन्द हे’ । त्यस्तै कांग्रेसका नेतालाई रक्सी पसन्द छ । मासु पसन्द छ । ठेकेदार र भ्रष्टाचारी पसन्द छ । आम जनता र इमान्दार कार्यकर्ताको निष्ठामा प्रश्न उठाइन्छ । जुन पार्टीमा इमान्दार कार्यकर्तालाई ठाउँ दिइँदैन, त्यो पार्टी अगाडी बढ्न सक्दैन । लड्नका लागि लडाकु र जुझारु कार्यकर्ता चाहिन्छ । प्रतिकूल अवस्थामा शासनमा कति जान जेल जान सक्छ ? कम्युनिष्ट शासनमा कांग्रेसका कार्यकर्ताहरु मर्न र जेल जानुपर्ने अवस्था आउनसक्छ । कांग्रेसका नेताहरु सुतिरहेका छन् । लोकतन्त्र समाप्त हुँदैछ ।
संसदलाई रबरस्ट्याम्प बनाइएको छ । प्रधानमन्त्री बनाउने थलो मात्र बनाइएको छ । जनसरोकारको विषय त्यहाँ छलफल नै हुँदैन । जनताप्रति उत्तरदायी थलो बन्न सकेको छैन । त्यसका लागि कांग्रेस प्रमुख प्रतिपक्षी दलका रुपमा पनि जिम्मेवार छ । सरकार त अराजक र भ्रष्टाचारी छँदैछ ।
भ्रष्टाचारमा यसकारण बोल्दैन कांग्रेस
सांसदमा जो मन्त्री भइसक्या छ, व्यापरिक पृष्ठभूमिको छ उ बोल्न सक्दैन । किनकी आर्थीक अनियमिततामा , भ्रष्टाचारमा कहिँ न कहिँ उसको तार जोडिएको छ । पार्टी व्यापारिको र व्यापार हुनसक्दैन । पार्टी चलाउने नाममा हाम्रा पदाधिकारीहरु टिकट बेच्छन् । हामीजस्ता जित्नेलाई घाँटी निमोठ्छ । म निर्वाचित सांसद छु । जसरी आदरणीय सभापति शेरबहादुर देउवा जितेर आउनुभएको छ । त्यस्तै २३ जनामध्येम पनि जनकपुरबाट एकजना मात्र जितेर आएको छु । तर, शेरबहादुर जीको एउटै ध्यान छ अमेरशलाई कसरी समाप्त पारौं । उपसभापति विमलेन्द्र निधि जीको एउटै अभियान छ, अमरेशलाई कसरी समाप्त पार्ने । र हाम्रो महामन्त्री जी बरु ढुँगा बोल्छ उहाँ बोल्नुहुन्न । किनभने अन्याय गर्नेमात्र अत्याचारी होइन सहने पनि अत्याचारी हो । रामचन्द्र चौधरी निर्वाचित सांसदलाई टिकट दिइएन । महामन्त्री बोल्नुभएन । रामचन्द्र पौडेल दाईको सम्धी पुननिर्माण प्राधिकरणको अध्यक्ष भएपछि उहाँ त बोल्ने कुरै भएन । उहाँलाई चिन्ता चिन्तन (पौडेलका छोरा) को छ । जहाँ परिवारवाद हावी हुन्छ,व्यक्तिवाद हावी हुन्छ त्यहाँ लोकतन्त्र रहँदैन ।
आजको नेतृत्वले कांग्रेस बचाउन सक्दैन प्रष्ट रुपमा भन्छु । किनकि कांग्रेसको प्रस्तुती न सडकमा ठिक छ न सदनमा । एकदिन बोल्छ बेलुका सभापतिजीलाई बालुवाटारमा बोलाइन्छ । तपाईंको भ्रष्टाचारको फाइल खोल्दिन । तपाई चुप लाग्नुस् म चुप लाग्छु । के कारण हो ? आज देश भ्रष्टाचारको ठुलो जगमा फसेको छ । म सँग प्रमाण छ । चाहे त्यो वाइडबडी प्लेनको काम होस् ,चाहे बुढीगण्डकीको कुरा होस् । चाहे आयल निगमको जग्गाको घोटाला होस् चाहे कोसी ट्रान्समिसन करिडोरको कुरा होस् ,चाहे पोखरा एयरपोर्टको कुरा होस् भ्रष्टाचारको दलदलमा फसेको छ । कांग्रेस किन बोल्दैन ? मेरो प्रश्न यहाँनेर छ । संसदमा किन भूमिका खेल्न सकिरहेको छैन ? हाम्रो पार्टीका केही नेताहरु पनि त्यसमा संलग्न छन् । यथार्थतालाई त नकार्न सकिन्न । भागवण्डाको नाममा विश्वविद्यालय सिध्याउने काम हामी कांग्रेसीहरुले गर्यौ । यो कुन मुलुक हो जहाँ कांग्रेसको उपकूलपति,एमालेको रेक्टर र माओवादीको रजिष्ट्रार हुने चलन कसरी आयो ? जहाँ शिक्षा र स्वास्थ्यलाई ध्वस्त पार्यौ । पार्टीलाई ध्वस्त पार्यौ । जसले पैसा दिन्छ उसले जनताको घरमा जानुपर्दैन । सांसद बन्छ । मैले घरघर हात जोडेर,जनताको पीडा बुझेर,काम गरेर सांसद बन्नुपर्ने । ४ दिन सभापतिकहाँ गएर ब्रिफकेस बुझाएर पनि सांसद बन्ने । हामी र उनीहरुमा के फरक छ ?
मैले घरघर हात जोडेर,जनताको पीडा बुझेर,काम गरेर सांसद बन्नुपर्ने । ४ दिन सभापतिकहाँ गएर ब्रिफकेस बुझाएर पनि सांसद बन्ने । हामी र उनीहरुमा के फरक छ ?
हैसियत : न चौकिदारजत्तिको, न भुसुनाजस्तो
कांग्रेसमा जो जो बोल्छन् उनीहरुलाई समाप्त गर्न खोजिँदैछ । गगन थापा युवा माझ लोकप्रिय छ । तर, पार्टीमा उसको केही सुनिँदैन । कुनै स्थान छैन पार्टीमा । अमरेश सिंह जनतामा जितेर आउँछ । तर, पार्टीमा कुनै स्थान छैन । पार्टीमा हाम्रो एउटा चौकिदारजत्ति पनि महत्व छैन । भुसुना जति पनि गनिँदैन । किन भागवण्डामा चल्दैछ पार्टी । किन आफुले भनेको मान्ने ‘एस म्यान’ खोजिन्छ । म किन शेरबहादुर देउवाको ‘एस म्यान’ बन्छु । म आफ्नो विवेकलेृ चल्ने हो । जनताको भावनामा चल्ने हो । जनतालाई विकास चाहिन्छ । त्यो कसरी गर्ने कहिले छलफल छैन । पार्टी व्यापारिले चलाउने,कानुन व्यापारिको जिम्मा लगाइदिने । त्यसकारणले हामी संकटमा छौं ।
महामन्त्री ज्यु उठ्नोस्,
महामन्त्री उठ्नुस्,देश संकटमा छ । नत्र सभापतिसँगै तपाई.को पनि निधारमा पनि कलंकको टिका लाग्छ लाग्छ । इतिहासले कसैलाई माफ गर्दैन । तपाईं ऐतिहासिक समयको महामन्त्री हो । के तपाईं लोकतन्त्रलाई बचाउन सक्नुहुन्छ ? कांग्रेस कार्यकर्तालाई बचाउन सक्नुहुन्छ ? या कांग्रेस समाप्त हुन्छ । तपाईंहरुको महामन्त्री र सभापतिको पदसँगै कांग्रेस समाप्त भएर जान्छ । लोकतन्त्र जान्छ । कम्युनिष्ट शासनमा फेरिक चाँडै लोकतन्त्र आउँदैन । राजासँग लड्न सहज थियो । तर, कम्युनिष्टसँग लड्न सजिलो छैन । वीपी कोइरालाको नाम बेचेर अब जनता आउनेवाला छैन । तपाईंले के सिद्धान्त दिनुहुन्छ ? अब के गर्नुहुन्छ ? जनताको कसरी आर्थीक समृद्ध हुन्छ ? त्यो चाहिन्छ । वीपीको विचार नेहरुको भन्दा अगाडी थियो । कतिपय सवालमा माओत्सेतुङको भन्दा अगाडी थियो । न अहिले वीपी छन्, न उनको विचार अनुसार चलेका छौं । वीपीको छोरा शशांक हामीसँग हुनुहुन्छ । मधेसमा बाउको अधुरा सपना पूरा गर्ने काम छोराको हुन्छ भनेर भनिन्छ । त्यसकारण तपाईं जिम्मेवारीबाट भाग्न पाउनुहुन्न । या त जनतालाई भन्नुस्,म सक्दिन अर्को खोज्छु । या भन्नुस् म वीपीले बोकेको विचारमा दायाँ बायाँ हुन्न नेपालको लोृकतन्त्र,नेपाली कांग्रेसको रक्षा गर्छु । त्यो आँट तपाईंले गर्नुपर्छ । हामी जनताकोबिचमा जानुपर्छ । लोकतन्त्र पार्टीले जोगाउन सक्दैन । जनताले जोगाउने हो ।
(सांसद सिंहले कांग्रेस सर्लाही-काठमाडौं सम्पर्क समितिको कार्यक्रममा व्यक्त गरेको विचार)
हेर्नुस् भिडियाे :
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५