सोलुखुम्बू : कानुनअभावले देशमा विकासले गति लिन नसकेको नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेले बताएका छन् ।
सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकामा निर्माण हुने अस्पतालको शिल्यान्यास तथा अस्पताल निर्माणानार्थ आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै मन्त्री पोखरेलले कानुन र आवश्यक संरचनाको अभावमा समस्या भएको बताए । ‘सम्बृद्ध नेपाल र सुखी नेपाली’को नाराले तब सार्थकता पाउँछ, जब नेताले भाषण मात्र नभई चार वटा क्षेत्रमा केन्द्रित भएर काममा जोड दिनुपर्छ । कृषिमा आधुनिकीरण, पर्यटन प्रबर्द्धन, पूर्वाधार विकास, निजी क्षेत्रलाई प्रोत्साहन गर्दै बन्द या विस्थापित भएका उद्योग सञ्चालन गर्ने हाम्रो योजना छ ।’
अहिले बहुमतको सरकार भएकाले तत्काल जनताले चाहे जस्तो विकास नदेखिए पनि निश्चित समयपछि सोचेकोभन्दा बढी विकास गरेर जनताको मन जित्ने बताए । यस्तै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षसँगै प्रदेशले नाम र राजधानी पाउने बताए ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५