काठमाडौं : विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले बंगलादेशसंग सामना गर्दैछ । २ बजेपछि हुने प्रतियोगितामा नेपालले बंगलादेशलाई जित्नै पर्ने अवस्था छ । आज जितेमा नेपाल समूह बिजेता बन्ने छ ।
एक खेल अगावै नेपाल र बंगलादेश दुवै सेमिफाइनलमा पुग्ने भाग्यमानी टीम हुन् । नेपाल र बंगलादेश दुवै टीमले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले ३ तथा बंगलादेशले २ गोल गरेको भुटना भने समूह चरणबाट बाहिरिएको छ । त्यसैगरी भोलि भारत र श्रीलंकाबीच अर्को सेमीफाइनल खेल हुँदै छ ।
नेपाली टीमकी क्याप्टेन निरु थापा भन्छिन्, ‘आजको खेलमा नेपालले बंगलादेशलाई जित्नैपर्ने हुन्छ । नेपालमै भएको खेलमा जित्न सम्भव पनि छ ।’ नेपाल र बंगलादेशबीच बराबरी खेले पनि समूह विजेता बन्ने अवस्था छ ।
थुप्रै अन्तराष्ट्रिय टिममा अनुभव बटुलिसकेकी गोलरक्षक एन्जिला सुब्बा भन्छिन्, ‘हामीले जित्ने अवस्था राम्रै छ । पहिलेभन्दा नेपालकाे टिमवर्क पनि राम्रै छ ।’ सुब्बाका अनुसार बंगलादेशकाे टिमले पनि आफ्नो खेलमा सुधार गरेको छ । तर, उनीहरूलाई जित्न पाएमा फाइनलमा पनि सजिलो हुन्छ ।
प्रकाशित मिति: शनिबार, चैत २, २०७५