काठमाडौं : कृषि मन्त्रालय मातहतको कृषि पुर्वाधार तथा कृषि यान्त्रिककिकरण प्रवर्द्धन केन्द्र र तार्केश्वर नगरपालिकाको साझेदारीमा काठमाडौको तार्केश्वरमा तरकारी बजार निर्माण हुने भएको छ ।
बजारको शुकवार कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल बलदेवले शिलान्यास गरेका छन् । काठमाडौको जनसंख्या १० लाख हुदा बनाएको कालिमाटी तरकारी बजार अहिले ५० लाखभन्दा बढी जनसंख्या हुदा पनि त्यसैलाई केन्द्रीय बजार भन्ने अवस्था अन्त्य गर्नाका लागि त्यसको बिकल्प खोजिएको मन्त्री खनालले बताए । ‘संघीयता पछि पनि काठमाडौको जनसंख्या घटेको छैन् । बरु बढेको छ त्यसैले पनि तरकारी बजारको विकल्प चाहिएको हो’, खनालले भने । बजार बनाउनको लागि धेरै जग्गा खोज्दा पनि अन्त पाइएको उनको भनाइ छ । ‘देशभर ५० वटाभन्दा बढी बजार बनाउदै छौं । १२ करोडमा बिराट्नगरमा निर्माण भइ रहेको छ’, खनालले भने, ‘काठमाडौमा तरकारी बजारको लागि ५ करोड बिनियोजन गरिएको छ । यो बजार निर्माणलाई तीव्रता दिनुस, रकम अभाव हुन दिइदैन ।’
मन्त्रालयका सचिव डा. युबकध्वज जिसीले बजार निर्माणको लागि सबै सहयोग गर्न तयार रहेको र बजेटको पनि अभाव हुन नदिने प्रतिबद्धता जनाए । काठमाडौ प्रवेश गर्ने ५ नाकामा तरकारी बजार निर्माण गर्ने मन्त्रालयको योजना अनुसार निर्माण हुना लागेको यो दोस्रो बजार हो ।
यसअघि काठमाडौको चोभारमा तरकारी बजार निर्माण भइरहेको छ । यो कालिमाटीको फलफुल तथा तरकारी बजार पछिको ठूलो तरकारी बजार हुने कृषि पुर्वाधार तथा कृषि यान्त्रीकिकरण केन्द्रले जनाएको छ । ३ बर्षमा बजार निर्माणको काम सक्ने केन्द्रका प्रमुख राजेन्द्र मिश्रले बताए । १६ रोपनी १५ आनामा बजार निर्माण हुन लागेको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५