सोलुखुम्बू : सोलुखुम्बूको सदरमुकाम सल्लेरीमा सम्पन्न सर्वाधिक राशिको खुला भलिबल प्रतियोगिताको उपाधि निश्चल निशानी निर्माण सेवा सोताङले जितेको छ ।
आज भएको फाइनल खेलमा नेचासल्यान गाउँपालिकालाई ३–२ को सेटमा हराउँदै निश्चल निशानीले उपाधिमाथि कब्जा जमाएको हो । यस्तै माप्य दूधकोसी गाउँपालिकालाई पराजित गर्दै थुलुङ दूधकोसी गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ ।
फ्रेण्डसिप युथ क्लबको आठौ वार्षिक उत्सवको अवसरमा स्थान ओगट्ने समूहले तीन लाख ३३ हजार तीन सय ३३ रुपैयाँ, दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ र एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद प्राप्त गरेका छन् ।
जिल्लास्तरमा आयोजना हुने प्रतियोगितामध्येकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता रहेको आयोजक क्लबका अध्यक्ष महेश किरातीले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५