goकाठमाडौं । स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार राति आफ्नै घरेलु मैदान क्याम्प नाउमा भएको दोस्रो लेगमा बार्सिलोनाले फ्रान्सेली क्लब लियोनलाई ५–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले दोस्रो लेगमा फराकिलो जित निकालेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने फिलिपे कौटिन्हो, जिरार्ड पिके र डेम्बेलेले एक–एक गोल गरे भने लियोनका लागि लुकास टौस्टार्टले एक गोल फर्काए थिए ।
यसैगरी बुधबारराति नै भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई हराउँदै लिभरपुल पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको लिभरपुलले दोस्रो लेगको खेलमा ३–१ को जित निकालेको हो ।
लिभरपुलको जीतमा साडियो मानेले दुई गोल गरे भने भर्जिल भान डेजिकले एक गोल गरे । लिभरपुलका माटिपले आत्मघाती गोल गरे ।
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५