बिश्वकर्मा समाज नेपाल कुवेतले गुल्मीका मृर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले गुल्मी चन्द्रकाेटका गोपाल बिश्वकर्मालाई आर्थिक सहयोग गरेको हो।
बिश्वकर्मा समाज नेपाल कुवेतका सल्लाहकार ओम प्रकाश बिश्वकर्माका भाई गोपालको दुबै मृर्गौला फेल भएर अहिले उपचार गराईरहेका छन् । उनको उपचारको लागि बिश्वकर्मा समाज कुवेतले ५२ हजार नेपाली रुपैयाँ सहयोग गरेको हो।
उक्त सहयोग रकम बिश्वकर्मा समाज कुवेतका संरक्षक संस्थापक शिव घमाल बिश्वकर्मा, बरिस्ठ सल्लाहकार गम बहादुर बिश्वकर्मा, सल्लाहकार ओमप्रकाश बिश्वकर्मा र बुटवल देबिनगर बिजयपथ साझा टोल बिकास संस्थाका अध्यक्ष लिला बहादुर बिश्वकर्माले पीडित परिवारको घरमा पुुगेर संयुुक्त रुपमा हस्तान्तरण गरेका थिए।
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५