काठमाडाैं : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विप्लव नेतृत्वको नेकपा माथिको प्रतिबन्धलाई मजाकको संज्ञा दिएका छन् । आफ्नो ट्वीटर ह्यान्डलबाट मंगलबार राति ट्वीट गर्दै भट्टराईले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘मार्क्स ले भनेजस्तै यसलाई मजाक भन्ने कि वियोग ?’ सय वर्षपहिले जर्मनीको दक्षिणपन्थी संगठन सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) ले रोजा नेतृत्वको वामपन्थी कम्युनिस्ट पार्टी (केपीडी) लाई र १९६७ पछि बंगालमा कम्युनिस्ट पार्टी अफ इन्डिया–माक्र्सवादी (सीपीएम) ले कम्युनिस्ट पार्टी अफ इन्डिया–माक्र्सवादी–लेनिनवादी (सीपीआईएमएल) लाई दबाएको सम्झना गराएको भन्दै सरकारको कदमको विरोध गरेका छन् । यसले के परिणाम निस्किन्छ भन्ने प्रश्न सरकारलाई गरेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५