काठमाडौं :आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेश ३ बाट खेलाडी छनोट भएका छन् । तेक्वान्दोतर्फ स्पाइरिङ र प्याटर्नमा गरी जम्मा २५ खेलाडी छनोट भएको प्रदेश ३ खेलकूद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी दिए ।
पुरुषतर्फ मिलन धामी, अनिल तामाङ, कर्साङ दोर्जे स्याङबा तामाङ, आशिष भुजेल, समिर श्रेष्ठ, डेविड घले, सुमित खुलाल मगर, सागर बानियाँ, शिशिर राई, शौरभ घिमिरे, सुजन पुलामी मगर, राजेश बोलखे, मानस थिङ र लाक्पा लामा रहेका छन् ।
महिलामा सोनी खड्का, निलिमा सुनुवार, सचिना सुनुवार, अनिशा कार्की, स्वेता राई, डोल्मा गुरुङ, रञ्जना तुलाङगे, रञ्जिता मगर, रञ्जु पुलामी मगर, सरु घिमिरे र रश्मी थापामगर छन् ।
सेपाकताक्रोको पुरुषमा रुपेश सुनार, दिलीप खत्री, रविन भट्टराई, जिमी कपाली र मिजेश लामा छनोट भए । महिलामा उषा महर्जन, स्वस्तिका श्रेष्ठ, सपना तामाङ, सुष्मा विशुङ्खे र सम्झना तामाङ छानिए । खो खोको पुरुषमा विशाल बस्नेत, पवन महर्जन, इक्रम तामाङ, विष्णु भुसाल, राजन बल, शौरभ महर्जन, किशोर महर्जन, रोहन कपाली, प्रमोद श्रेष्ठ, उमेश दाहाल, नवराज दमरु र सुनील भण्डारी रहेका छन् । महिलामा सुमिना शिल्पकार, कृति कोजु, रोशनी बलमाला, रोजिना दाहाल, सुनिता मानन्धर, अनिशा गोले, सुनिता भुजेल, रिया महर्जन, निर्जला शेर्पा, सविना तामाङ, रक्षा पोखरेल र सुमित्रा हुमागाईं छन् ।
प्रदेश नं ५ मा आयोजन गर्ने भनिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक उद्घाटन आगामी चैत २५ गते गर्ने प्रस्ताव अघि बढेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कार्यकारी समितिको आज बसेको बैठकले आगामी चैत २५ गते औपचारिक उद्घाटन र ३० गते समापन गर्ने गरी मिति तोक्न राखेप बोर्डलाई सिफारिश गर्ने निर्णय गरेको राखेप सदस्य–सचिव केशवकुमार विष्टका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।
राखेप सदस्यसचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको उक्त बैठकले आगामी चैत १९ गतेबाट केही खेल शुरु गर्ने, २५ गते उद्घाटन र ३० गते समापन गर्ने गरी सिफारिश गरिएको राखेपका प्रेस सल्लाहकार दाहालले जानकारी दिनुभयो । यसअघि माघमा आयोजना गर्ने भनिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता भौतिक पूर्वाधार निर्माण सम्पन्न नभएपछि प्रतियोगिता कहिले सञ्चालन हुने भन्ने अन्योल छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५