इजिप्टको सिनाइ टापूमा भएको गोली हानाहानका क्रममा कम्तिमा ४७ जना लडाकू मारिएका छन् ।
अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार गत केही दिनको अवधिमा ती लडाकूहरु मारिएका हुन् । भिडन्तका क्रममा तीन जना सुरक्षाकर्मी पनि मारिएको अधिकारीहरुले जनाएका छन् ।
आतङ्कबादी विरुद्धको सुरक्षा कारबाहीका क्रममा आतङ्कबादीहरुको त्रास रहेको उत्तरी तथा मध्य सिनाईमा भएको भीडन्तमा ४७ लडाकू मारिएका छन् सैन्य प्रवक्ता तामेर अल रेफैले भने ।
घटनास्थलबाट अरु झण्डै एक सय जना आपराधिक व्यक्ति र लडाकूहरुलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुले ३८ ओटा सवारी साधन, १४ ओटा मोटरसाईकल उनीहरु बस्ने दुई घर नष्ट गरिदिएका छन् । सन् २०१३ मा तत्कालिन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्त गरिएपछि उहाँका समर्थकहरुले इजिप्टमा आन्दोलन गर्दै आइरहेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५