काठमाडौं : रिलायन्स इन्टरनेसन एकेडेमीले आफ्नो १८ औं अभिभावक दिवस सम्पन्न गरेको छ । लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मैनालीले वर्तमान शिक्षा र अबको मार्ग कस्तो हुनुपर्ने भन्दै विद्यार्थी, विद्यालय र अभिभावकहरुलाई आफ्नो अनुभव सुनाएका थिए ।
बुढानीलकण्ठ नगरपालि अन्तर्गत वडा नं १०,११ र १२ का करिब ३३ महिला संघसंस्थाहरुलाई १०९ औं नारी दिवसको सन्दर्भ पारेर पारेर सम्मान समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रममा गायिका ज्ञानु राणा, कलाकार शिवहरी पौडेल, डा रामप्रसाद मैनाली, समाजसेवी नविन पाण्डे, ओलम्पियन पुष्पराज ओझा ,नेपाली राष्ट्रिय टिमका गोलकिपर विशाल श्रेष्ठ, गायिका सुजता बर्मा लगायत दर्शन भन्दा बढि राष्ट्रिय स्तरका अतिथिहरुको माझमा बुढानिलकण्ठ नगरपालिका वडा नं १०,११ र १२ का वडा अध्यक्षहरु नवराज भट्टराई, राजु अधिकारी, शम्भुप्रसाद भट्टराई तथा स्थानीय समाजसेवी मिठाराम अधिकारी लगायत उपस्थित थिए ।
अभिभावक दिवस मनाउन पाउँदा आफुहरुलाई शिक्षाको क्षेत्रमा केही गर्ने प्रेरणा मिलेको रिलायन्स एजुकशेन नेटवर्कका संस्थापक अध्यक्ष रविन्द्र जंग थापाले बताए ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५