काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको २ तिहाइ जनसंख्या परम्परागत कृषिमा आधारित रहनु दुर्भाग्य भएको बताए । आजदेखि काठमाडौंमा सुरु खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि आधुनिकीकरण र व्यवसायीकरणबिना मुलुकलाई परिवर्तन गर्न नसकिने बताए । कृषिमा आाधारित व्यापार उद्योग, व्यवसाय स्थानान्तरण नगरेसम्म परिवर्तन नहुने बताए ।
प्रधानमन्त्री ओलीले व्यापारिक उद्देश्यले मात्र नभई स्वस्थकर उत्पादनमा जोड दिनुपर्ने आग्रह गरे । उनले भने, जहाँ बाह्य लगानी हुन्छ, त्यहाँ कृषिमा विदेशी प्रविधि र लगानी भित्र्याउन आवश्यक छ । स्थास्थ्य र स्वाच्छताका लागि अर्ग्यानिक उत्पादन अहिलेको आवश्यकता रहेको औंल्याउँदै कृषि र सहकारीलाई सँगसँगै अघि बढाउनुपर्ने बताए । कृषि रोजगारी नभएकाले कृषितर्फ स्थानान्तरण गराउनेपर्नेमा जोड दिए ।
कार्यक्रमको उद्घाटन समारोहमा पूर्व कृषिमन्त्री, सांसद, विभिन्न मन्त्रालयका सचिव, नेपालसहित कोरिया, पाकिस्नतान, भारत, बंगलादेश, मलेसियालगायतका कृषि विज्ञ र गाउँपालिका तथा नगरपालिकाका पदाधिकारीको सभागिता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५