झापा : झापा गोल्डकप फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लबले प्रवेश गरेको छ । आर्मीले शनिबार दोस्रो सेमिफाइनलमा क्यामरुनको दाउफिन्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अब उपाधिका लागि आर्मी र घरेलु टोली झापा ११ले सोमबार प्रतिस्पर्धा गर्नेछन् ।
२३ औंं मिनेटमा दाउफिन्सका सिलु मार्टिन्सले आत्मघाती गरेको गोल नै निर्णाायक गोल बनेको छ। दाउफिन्सले दोस्रो हाफमा आक्रामक खेल खेलेपनि सबै प्रयास आर्मीका गोल रक्षक विकेश कुथुले विफल बनाएका थिए ।
झापा गोल्डकपको उपाधि विजेताले १२ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५