पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा दिएका छन् ।
पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएको उल्लेख छ ।
प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए ।
मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिएका हुन्। पछिल्ला दिनमा प्रधानमन्त्री सेजारको लोकप्रियता ओरालो लागेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५