काठमाडौं : मधेस छुट्टै देश हुनुपर्ने माग गर्दै आएका सिके राउतले आफ्नाे एजेन्डा परिवर्तन गर्दै अखण्ड नेपालकै पक्षमा उभिएर मूलधारको राजनीतिमा आउने घाेषणा गरेका छन् ।
शुक्रबार राजधानीस्थित राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड तथा गृहमन्त्री रामबहादुर थापा बादलसँगै उभिएर यस्तो घोषणा गरे ।
राउतको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच ११ बुँदे सहमति समेत भएको छ। सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका तर्फबाट सिके राउतले हस्ताक्षर गरे ।
राज्यसँग छुट्टिन पाउने अधिकार संविधानमै सुनिश्चित गर्नुपर्ने पृथकतावादी विचार राख्दै करिब सात वर्षदेखि दर्जनौँ पटक पक्राउ पर्दा पनि नगलेका राउत अहिले एकाएक कसरी यू टर्न भए ? रहस्यमै छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार राउत मूलधारको राजनीतिमा आउन चाहेकाले सरकारले सहजीकरण गरेको हो । तर के साँच्चै सिके राउत विखण्डनकारी अभियान छोडेर मूलधारमा आउनै लागेका हुन् वा नयाँ रणनीति बनाउन अल्पकालीन रूपमा आफ्नो योजना फेरेका हुन् ? जे होस्, उनी मूलधारको राजनीतिमा आउने कुरामा विश्वास गरौं ।
राष्ट्रिय सभागृहमा जस्तो दृश्य देखियो, हेरौँ केही तस्वीरमा :
तस्वीरहरू : विवश कुलुङ/आजकाे न्युज
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५