काठमाडौं । पोर्चुगिज क्लब एफसी पोर्टो र इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेका छन् ।
बुधबार राति भएको प्रिक्वारटफाइनलको दोस्रो लेगमा इटालीको रोमालाई ३–१ गोलअन्तरले पराजित गर्दै एफसी पोर्टो क्वाटरफाइनलमा पुगेको गरेको हो । लेगको खेलमा २–१ ले पराजित पोर्टोले दोस्रो लेगमा ३–१ को जित निकालेपछि समग्रमा ४–३ ले विजयी भएको हो ।
पोर्टोको जितमा फ्रान्सिस्को सोयरेस, मौसा मारेगा र एलेक्स टेलेसले गोल गरे भने रोमाका लागि डे रोसीले गोल फर्काएका थिए । २०१५ पछि पोर्चुगिज क्लब क्वाटरफाइनलमा पुगेको यो पहिलो हो ।
बुधबारराति नै भएको अर्को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड पनि च्याम्पियन्स लिगको क्वारफटाइनलमा प्रवेश गरेको छ ।
युनाईटडले पीएसजीलाई ३–१ ले हराएको हो । पहिलो लेगको खेलमा २–० ले हारेको उसले दोस्रो लेग ३–१ ले जितेपछि समग्रमा ३–३ गोल भएपनि अवे गोलका आधारमा उसले अन्तिम आठमा स्थान बनायो ।
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५