संसारको सबैभन्दा सुन्दर हिमाल कुन हो ? सबैले आमादब्लम भनेर सजिलै उत्तर दिने गर्छन् । तर आमादव्लम हिमाल कस्तो छ, कति सुन्दर र कहाँ छ भनेर कमैलाई मात्र थाहा छ । आमादव्लम नेपालमै छ तर प्रत्यक्ष हेर्ने नेपाली भने न्यून छन् ।
आमादव्बमको सुन्दरता साँच्चै लोभलाग्दो छ । सोलुखुम्बुको नाम्चे पुगेपछि सधैं यात्रुको साथमै रहिरहन्छ । नाम्चेभब्न्दा माथिल्लो क्षेत्र खुम्जुङ, खुन्दे, तेङबोचे, पाङवोचे, फेरिचे, दिङबोचे, फोर्चेलगायतका सबैजसो पर्यटकीय क्षेत्रमा पुग्ने जो कोहीलाई सधैं आमादव्लम हेरिरहुँ जस्तो लाग्छ। कहिले बादलसँग त कहिले गोधुँली साँझ र मिरमिरेसँग लुकामारी खेल्दै आमादव्लम हेर्नेहरू त्यहाँको सौन्दर्यमा रम्ने गर्छन् । हिमालको अवलोकन गर्न आउने पर्यटकलाई आमादव्लमका तस्बिर कैद गर्न हतारो हुन्छ । लेकको मौसम छिनछिनमा फेरिने भएकाले हतारो नगरे १ मिनेटमै त्यो सुन्दरता गुमिसक्छ । प्राकृतिक रूपले रमणीय यस हिमाललाई छिनछिनमा परिवर्तन भइरहने मौसमले थप सुन्दर बनाइरहेको हुन्छ ।
आमादव्लम हिमालको उचाइ ६,८१२ मिटर रहेको छ । नेपालको सगरमाथा क्षेत्रका लागि आउने पर्यटकहरू आमादव्लम आरोहणका लागिभन्दा बढी आमादव्लम अलवोकनमा आउने धेरै छन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५