काठमाडौं । इंग्लिस क्लब चेल्सीले दुई सिजन खेलाडी अनुबन्ध गर्न नपाउने गरी लगाएको प्रतिबन्ध हटाउन फिफासँग अपिल गरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले युवा खेलाडी अनुबन्ध गर्दा नियम तोडेको भन्दै चेल्सीलाई दुई साताअघि दुई सिजनका लागि प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धअनसार चेल्सीले सन् २०२० सम्म खेलाडी किनबेच गर्न पाउने छैन । सो प्रतिबन्ध हटाउन चेल्सीले फिफासँग औपचारिक अपिल दर्ता गरेको हो ।
चेल्सीले युवा खेलाडी अनुबन्ध गर्दा १८ बर्ष मुनिका विदेशी खेलाडी अनुबन्ध गरेको कारण प्रतिबन्ध लगाईएको फिफाले जनाएको छ ।
खेलाडी किनबेचमा प्रतिबन्धसँगै फिफाले चेल्सीलाई ४६ करोड पाउण्ड र इंग्लिस फुटबल संघलाई ३९ करोड पाउण्ड जरिवाना गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५