काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले जिल्ला सभापतिको नाम दुरुपयोग गर्दै सामाजिक सञ्जालमा अफवाह फैलाइनु गलत भएको बताएका छन् । मंगलबार दिउँसो ५६ जिल्ला सभापतिको तर्फबाट भन्दै विज्ञप्ति जारी भएको थियो ।
सो बारे आजको न्युजसँग कुरा गर्दै सहमहामन्त्री महतले विज्ञप्तिमा आफ्नो नाम दुरुपयोग भएको भन्दै जिल्ला सभापतिहरुले आफुलाई टेलिफोन गरेरै जानकारी गराइसकेको बताए । ‘जिल्ला सभापति साथीहरुले फोन गरेरै आफुहरुले कुनै विज्ञप्ति जारी नगरेको बताइरहनुभएको छ,’ सहमहामन्त्री महतले भने, ‘ नुवाकोटमा सम्पन्न जिल्ला सभापति भेलामा भएको नाम दुरुपयोग भएको गुनासो आएको छ । जिल्ला सभापतिहरुले औपचारिक रुपमा कुनै विज्ञप्ति जारी गरेको थाहा छैन ।’ उनले संगठनभित्र अराजकता मच्चाउन केही व्यक्ति नियोजित रुपमा लागिरहेको पनि बताए । विशेष महाधिवेशन माग गरिरहेको प्रश्नमा महतले भने, ‘ के का लागि विशेष महाधिवेशन ? केही व्यक्तिले जथाभावी गर्न खोज्दैमा विशेष महाधिवेशन हुन्छ ?’
मंगलबार दिउँसो ५६ जिल्ला सभापतिका तर्फबाट भन्दै जारी विज्ञप्तिमा महासमिति बैठकको निर्णय उल्टाइएको आरोप लगाइएको थियो ।
विज्ञप्तिमा के थियो ?
नेपाली कांग्रेसको २०७५ पुुस २९ गतेदेखि माघ ९ गते सम्म काठमाडौँमा सम्पन्न महासमिति बैठकमा पार्टी सभापति श्री शेरबहादुर देउवा र वरिष्ठ नेता श्री रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरूको प्रस्तावअनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधिसम्बन्धी प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्याएर अवसर नदिनेसम्बन्धी व्यवस्था थप गर्नेसम्बन्धमा ऐक्यवध्दता जनाउनुभएको थियो । यसरी महासमिति बैठकबाट पास भइसकेको विषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको खबरले हामीलाई आश्चर्यचकित तुल्याएको छ । महासमितिभन्दा ठूलो केन्द्रीय कार्यसमिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयतासमेत समाप्त गर्ने काममा केही नेताहरू देखापर्नु दुर्भाग्यपूर्ण हो ।
उक्त दुई विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रूपमै दर्ता भएको (द· न· ९३) महासमिति सदस्यहरूको हस्ताक्षरलाई बेवास्ता गरी संशोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ ।
महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरूलाई केन्द्रीीय समितिको पछिल्लो निर्णयले निराश बनाएको छ । पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउने उक्त निर्णयमाथि शीघ्र पुनर्विचार गर्न जोडदार माग गर्दछौंँ । अन्यथा विशेष महाधिवेशनका लागिसमेत पहल गर्न बाध्य हुनेछौंँ ।
जय नेपाल ।
कोको सभापतिको नाम छ विज्ञप्तिमा ?
प्रदेश नम्बर १
१. लीलादेवी बोखिम — ताप्लेजुङ
२. नरेन्द्रकुमार केरुङ्ग — पांँचथर
३. हिमालय कर्माचार्य — इलाम
४. उद्धव थापा — झापा
५. गोविन्द ढुंगाना — तेह्रथुम
६. नन्दमणि राई — भोजपुर
७. नरेशकुमार श्रेष्ठ — खोटाङ
८. विनोद बस्नेत — सोलुखुम्बु
९. राजिव कोइराला — सुनसरी
१०. डिगबहादुर लिम्बू— मोरङ
११. विदुर बस्नेत — गाईघाट
१२. दिपेनकुमार श्रेष्ठ – संखुवासभा
प्रदेश नम्बर २
१० कृष्णदेव यादव — रौतहट
२० अजय दुवेदी — पर्सा
प्रदेश नम्बर ३
१. उज्जल बराल — सिन्धुली
२. मधु आचार्य — काभ्रे
३. लवश्री न्यौपाने — रामेछाप
४. विकास लामा — सिन्धुपाल्चोक
५. जगदीशनरसिंह केसी — नुवाकोट
६. दुर्लभ थापा — भक्तपुर
७. सबुज बानिया — काठमाडौँ
८. पेम्बा छिरिङ लामा — रसुवा
९. रमेश धमला — धादिङ
१०. जीतनारायण श्रेष्ठ — चितवन
प्रदेश नम्बर ४
१. बैकुण्ठ न्यौपाने — तनहुँ
२. कृष्ण केसी —कास्की
३. खम्ब गर्बुजा —म्याग्दी
४. यङ्गजिङ्ग बिष्ट —मुस्ताङ
५.कुमार राणा —स्याङ्ज
६. विष्णुप्रसाद लामिछाने —नवलपुर
७. भेषबहादुर पौडेल —लम्जुङ
८. हरिबहादुर घले —गोरखा
प्रदेश नम्बर ५
१. अर्जुन पोखरेल —परासी
२. वीरबहादुर राणा —पाल्पा
३. भुवन श्रेष्ठ —गुल्मी
४. विष्णुप्रसाद खनाल मुस्कान —अर्घाखांँची
५. सुरेन्द्रप्रसाद आचार्य —कपिलवस्तु
६. अम्मरप्रसाद भण्डारी — प्युठान
७. अमरसिंह पुन —रोल्पा
८. केशरमान रोका —पूर्व रुकुम
९. किरण कोइराला —बाँके
१०. संजय गौतम — बर्दिया
प्रदेश नम्बर ६
१. खड्गबहादुर शाही — मुगु
२. दीपबहादुर शाही —जुम्ला
३. हर्षबहादुर बम —कालिकोट
४. कृष्णकुमार बिसी — दैलेख
५. कमलराज रेग्मी —सुर्खेत
६. प्रेमप्रकाश ओली —पश्चिम रुकुम
७. गणेशबहादुर चन्द —सल्यान
८. दीपकजंग शाही — जाजरकोट
९. जयपति रोकाया —हुम्ला
१०. अंगत बुढा —डोल्पा
प्रदेश नम्बर ७
१. कर्णबहादुर मल्ल —डडेल्धुरा
२. ललितसिंह बोहरा —दार्चुला
३. नरेन्द्रसिंह थापा —बैतडी
४. हर्कजंगबहादुर सिंह —बझाङ
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५