काठमाण्डाै : शहीद स्मारक ’बी’ डिभिजन लिगको उपाधि रानीपोखरी कर्नर टिमले जितेको छ ।
आज भएको सुपर लिगको अन्तिम खेलमा श्री भगवती क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आरसीटीले उपाधि जितेको हो ।
ललितपुरको सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्समा आरसीटीलाई जित दिलाउन २५ औं मिनेटमा लोकेन्द्रबहादुर कार्कीले निर्णायक गोल गरे । उपाधिसँगै आरसीटीले आठ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता श्री भगवतीले पाँच लाख रुपैयाँ प्राप्त गर्यो ।
तेस्रो भएको टुसाल युथ क्लबले तीन लाख रुपैयाँ र चौथो हुने सातदोबाटो युथ क्लबले दुई लाख रुपैयाँ प्राप्त गरेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५