एक महिनापछि हुने झापा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले नखेल्ने भएको छ ।
एएफसी कपको तयारी गर्नुपर्ने भएका कारण झापा गोल्डकप नखेल्ने भएको मनाङका महासचिव अनिल गुरुङले बताए । उनले भने, ‘मोफसलमा मनाङले राम्रो नतिजा दिन सकिरहेको छैन । राम्रो नभइरहँदा र मुख्य खेलाडीहरू पनि इन्ज्युरी रहँदा हामीले झापा गोल्डकप नखेल्ने निर्णय गरेका हौं ।’ उनले टिमले एएफसी कपका लागि बिहीबार प्रशिक्षण सुरु गरिने बताए । प्रशिक्षण एन्फा कम्प्लेक्समा हुने छ ।
मुख्य खेलाडीहरू घाइते भएको र फेरि खेल्दा घाइते भए टिमलाई नै समस्या हुने भएका कारण झापा गोल्डकप नखेल्ने निष्कर्षमा टिम पुगेको टिमका कप्तान विराज महर्जनले बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५