रुकुमपश्चिम: बाँफिकोट गाउँपालिका–६ मग्गाबाट रु चार लाख ५० हजार बराबरको रक्सी बरामद गरिएको छ । लुकाई छिपाई बेच्न राखिएको रक्सी प्रहरी र वडा कार्यालयको सक्रियतामा बरामद गरिएको हो ।
वडा कार्यालय र अस्थायी प्रहरी चौकी मग्माको टोलीले खानतालासी गरी वडामा रहेको चौखाबाङ्गी किराना पसलबाट उक्त परिमाणको रक्सी बरामद गरेको वडाध्यक्ष मनोज अधिकारीले जानकारी दिए । जिल्लामा मदिरा बिक्री–वितरण, उत्पादन तथा सेवन बन्द गरिएको छ । । बरामद गरिएको रक्सी शिलबन्दी गरेर अस्थायी प्रहरी चौकी मग्मामा राखिएको छ ।
ज्येष्ठ नागरिकलाई सिरक
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको छ । गाउँपालिकाका १० वटै वडाका १४० ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो । चौहत्तर महिला र ६६ पुरुषलाई सिरक वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी मानबहादुर खत्रीले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन सिरक वितरण गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५