धम्बोजी : ‘जलचर प्रकृति र मानव जीवनको आधार’ भन्ने नारासहित बाँसगढी–८ बेलौलीमा चोरी शिकार नियन्त्रण राष्ट्रिय दिवस मनाएको छ ।
दिवसलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन तथा वन्यजन्तु संरक्षणबाट नागरिकले बढीभन्दा बढी लाभ लिन सक्नुपर्ने बताए । निकुञ्जको सबैले संरक्षण गर्नुपर्ने रहेछ भन्ने महसुस गर्ने गरी सरकार लागिपरेको उनको भनाइ थियो ।
पूर्व शान्तिमन्त्री सत्या पहाडीले जैविक विविधताको संरक्षण र प्रवद्र्धनमा युवाको सक्रियता रेडियोमा सुन्न तथा टेलिभिजनमा देख्न मात्रै पाइने गरेकामा प्रत्यक्षरुपमा अवलोकन गर्न पाउँदा खुशी व्यक्त गरे । चोरी शिकारी नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्तप्रसाद आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा संरक्षण क्षेत्रमा भूमिका निर्वाह गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५