ङ्शिकँवरात्रिका अवसरमा कामपा–३२ पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा आज देशविदेशका साधुसन्त, योगी तथा भक्तजन सहभागी भएका छन् । आज अपराह्नसम्ममा ५० हजार भक्तजनले नागेश्वरको दर्शन गरेको मन्दिर संरक्षण समितिका प्रकाशजङ्ग रायमाझीले बताए ।
मन्दिरमा भारतीय राजदूतावासका प्रथम सचिव केदारनाथ शर्मा पनि सहभागी हुनुभयो । शिवरात्रिका अवसरमा साधुसन्तहरुलाई निःशुल्क भोजन र जल तथा प्रसाद दिइएको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५