मड्रिड । संसारकै सबैभन्दा प्रतिस्पर्धात्मक भिडन्तमध्ये लिइने बार्सिलोना र रियल मड्रिडबीचको प्रतिस्पर्धा ‘एल क्लासिको’ मा बार्सिलोनाले रियल मड्रिडलाई उछिनेको छ ।
रियल र बार्सिलोनाबीचको २४२ औं एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियललाई उछिन्दै जितको कीर्तिमान आफ्नो नाममा लेखाएको छ । रियलको घरेलु मैदान सान्टियागो बेर्नबाउमा बार्सिलोनाले रियललाई १–० ले हराउँदै कीर्तिमानी ९६ औं जित निकालेको हो ।
रियलले ९५ एल क्लासिको भिडन्त जितेको छ भने ५१ खेल बराबरीमा सकिएका छन् । बार्सिलोनाले जारी सिजनमा रियलमाथि लगातार जित निकालेको छ ।
यो सिजनको सुरुमा क्याम्प नाउमा ५–१ को जित निकालेको बार्सिनोलाले कोपा डेल रे को पहिलो लेगमा १–१ को बराबरी खेलेको थियो भने दोस्रो लेगको खेलमा ३–० को जित निकाल्दै समग्रमा ४–१ को जित हात पा¥यो ।
यसैगरी २ मार्चमा रियलकै मैदान सान्टियागो बेर्नबाउमा १–० को जित निकाल्यो । दुई क्लबबीचको प्रतिस्पर्धालाई हेर्ने हो भने करिब बराबर अवस्थामा देखिन्छन् । २ मार्चमा बार्सा र रियलबीच भएको २४२ औं भिडन्त हो । दुई क्लबबीच अन्य ३४ पटक मैत्रीपूर्ण र प्रदर्शनी खेलमा पनि भिडन्त भइसकेको छ ।
समग्रमा दुई टोलीबीचको भिडन्त बराबरी रहेको अवस्थामा बार्सिलोनाले पछिल्लो जित निकाल्दै ९६ औं जितसहित रियललाई उछिनेको हो । तर ला लिगाका भिडन्तमा अझै पनि यी दुई टोलीबीच बराबर जितको नतिजा छ ।
अरु प्रतिस्पर्धाहरु कोपा डेल रे, स्पेनिस सुपर कप यसमा सामेल छन् । तर प्रि–सिजन मैत्रीपूर्ण र प्रदर्शनी खेल यसमा सामेल गरिएको छैन । बार्सिलोनाले ३६ कोपा डेल रे प्रतिस्पर्धामा १६ जित निकालेको छ भने रियलले १२ पटक जित निकाल्दा दुई टोलीबीच ८ प्रतिस्पर्धा बराबरीमा सकिएका छन् ।
रियलले च्याम्पियन्स लिग र युरोपियन कपमा बार्सिलोनालाई उछिनेको छ । च्याम्पियन्स लिगका ८ खेलमा रियलले ३ र बार्सिलोनाले २ खेलमा जित निकाल्दा ३ खेल बराबरीमा सकिएका छन् । बार्सिलोनाले सन् २००८ मा पेप ग्लार्डिओलालाई प्रशिक्षक बनाएपछि उसको रेकर्ड संख्या बढेको छ ।
ला लिगामा ग्वार्डिओलाको प्रशिक्षणमा बार्सिलोनाले १३ एल क्लासिकोमध्ये चारमा जित र चार वटामा हार बेहारेको थियो । जसमा सन् २०१०÷११ को सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा निकालेको जित पनि सामेल छ । यो रियल र बार्साबीच च्याम्पियन्स लिगमा सन् २००२ पछिको पहिलो भेट थियो ।
बार्सिलोनाले कोपा डेल रे रियलले भन्दा ११ पटक बढी जितेको छ । यी दुई क्लबबीचको भिडन्त सन् २००० पछि बढी प्रतिस्पर्धात्मक बन्न थालेका हुन् । पछिल्ला भिडन्तलाई हेर्ने हो भने रियल भन्दा बार्सा सशक्त देखिन थालेको छ ।
सन् १९९०–९१ को सिजनपछि बार्सिलोनाले १५ पटक ला लिगाको उपाधि जितेको छ भने रियले ८ पटक बाजी मारेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५