काभ्रेपलाञ्चोक : ‘समृद्धिका लागि युवा’ नाराका साथ धुलिखेल नगरपालिकाको बीपी राजमार्ग चोकमा राष्ट्रिय झण्डा राखिएको छ।
हिन्दू धर्मावलम्बीहरूकाे महान् पर्व शिवरात्रिकाे अवसरमा धुलिखेलस्थित युवा संस्थाको व्यवस्थापनमा आज राष्ट्रिय झण्डा राखिएको हो । त्यहाँ आयाेजित एक कार्यक्रममा नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले ‘झण्डाेत्ताेलन’ गरे ।
उनले नगरका सम्पूर्ण वडामा राष्ट्रिय झण्डा राखिने बताए । उनले भने, ‘प्रत्येक वडामा समृद्धिको प्रतीकका रूपमा राष्ट्रिय झण्डा राख्ने छाैँ ।’
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५