विलिङटन । न्युजिल्यान्डका लागि खेलेका पूर्व क्रिकेटर बिल पलेयलको ८० वर्षको उमेरमा निधन भएको छ ।
उनले आफ्नो देशका ६ वर्षसम्म क्रिकेट खेल्दा ८ वटा टेस्ट खेलेका थिए । उनको अस्ट्रेलियाको साउथ वेल्समा निधन भएको हो । उनी सन् १९५८ देखि १९६३ सम्म देशको राष्ट्रिय टोलीका सदस्य थिए ।
सो अवधिमा उनले ८५ वटा पहिलो श्रेणीका खेल खेले । जसमा उनले २८८८ रन बनाए भने ८ टेस्टमा १५१ रन बनाएका थिए ।
दायाँ हाते यी ब्याट्सम्यानले इंग्ल्यान्डका विरुद्ध १९५९ जुनमा डेब्यु टेस्ट खेलेका थिए । यद्यपि उनका लागि यो सिरिज त्यति सफल हुन सकेन ।
यो सिरिजमा खेलिएका पाँच खेलमा उनले मात्रै ५१ रन बनाएका थिए । तर यो सिरिजको तेस्रो टेस्टमा उनको चार घन्टा लामा पारी यादगर रह्यो । जसमा उनले मात्रै १८ रन बनाए । तर उनले लिड्समा आफ्नो टिमलाई हारबाट बचाए ।
त्यसपछि उनी केही वर्ष उनलाई टिमबाट बाहिर राखिएको थियो । त्यसपछि उनलाई फेरि १९६२–६३ मा इंग्ल्यान्डविरुद्धको टेस्ट टिममा पुन बोलाइएको थियो ।
जसमा उनले विलिङगटनमा ६५ रनको पारी खेले ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५