मार्तडी ः बाजुराको उत्तरी भेगको जगन्नाथ गाउँपालिका–४ वडाको थारीकाँडामा आज बिहान करेन्ट लागेर १ किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाका गोवर्धन खत्रीकी १४ वर्षीया छोरी सिर्जना रहेको बाजुरा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए । बुबासँगै मिलमा गएकी सिर्जनाले ओढेको पछ्यौरा चलिरहेको मिलले तान्दा तारमा छोएकाले करेन्ट लागेर मृत्यु भएको उनले बताए ।
मृतक किशोरीको शव परीक्षका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लागिएको छ । मिल मृतक किशोरीका बुबाले सञ्चालन गर्दै आएको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५