काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन भएका पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।
बैठकले आज, भोलि र पर्सि दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
बैठकले यही फागुन २३ गते राजधानीको भृकुटीमण्डपमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको पार्टी महासचिव विष्णुप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५