काठमाडौं: यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको ताप्लेजुङमा भएको एयर डाइनेष्टी एयरको हेलिकोप्टर दुर्घटनामा दु:खद निधन भएको शोकमा तारा र यति एयरलाईन्सले शुक्रबार सम्पूर्ण उडानहरु स्थगित गर्ने निर्णय गरिएको छ ।
दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयर लाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेको निधन भएको थियो।
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५