काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० नयाँ वरीयतामा नेपालका ३ खेलाडी अँटाएका छन् ।
आइसिसीले बिहीबार राती सार्वजनिक गरेको नयाँ वरीयतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् ।
वरीयताको अलराउन्डरतर्फ कप्तान पारस ३८औं स्थानमा उक्लिएका छन् । ७६ अङ्क पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरीयता हो । अघिल्लो महिना पारस ४०औं स्थानमा रहेका थिए । उनी ब्याटिङतर्फ पनि २ स्थान सुधार गर्दै ९२औं स्थानमा उक्लिएका छन् । अघिल्लो महिना पारस ९०औं स्थानमा थिए ।
युएईमा हालै सम्पन्न टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेपछि नेपाली खेलाडीले वरीयतामा सुधार गरेका हुन् । अलराउन्डरतर्फ ६० अंक पाएका सोमपाल ५०औं स्थानमा रहेका छन् । यसअघि सोमपाल ५१औं स्थानमा थिए । त्यस्तै, समान ४०९ अंक प्राप्त गर्दै बलिङमा सोमपाल ७० र वसन्त ७१औं स्थानमा छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५