टि-२० सिरिजको दोस्ग्लेरो खेलमा अष्ट्रेलियाले भारतलाई ७ विकेटले पराजित गरेको छ । यो जितसँगै दुई खेलको सिरिज आफ्नो पक्षमा परेको छ ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन जोड्यो । कप्तान विराट कोहलीले ३८ बलमा नटआउट ७२ रन बनाएपछि भारतले विशाल योगफल तयार पारेको थियो । आक्रमक ब्याटिङ गर्दै २ चौका र ६ छक्का प्रहार गरेका कोहलीलाई पूर्व कप्तान महेन्द्रसिंह धोनीले पनि राम्रो साथ दिए ।
जवाफमा ग्लेन म्याक्सवेलले ५० बलमा शतक पूरा गर्दै ५५ बलमा १ सय १३ रन बनाएपछि अष्ट्रेलियाले अन्तिम ओभरमा लक्ष्य प्राप्त गर्यो। म्याक्सवेलले ७ चौका र ९ छक्का प्रहार गर्दै भारतीय बलरहरु माथि दवाव बनाइरहे ।
प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५